बल्खुका-तरकारी-बजार_namunanews.com

बल्खु तरकारी बजार अनुगमनमा गएको सरकारी टोलीमाथि अवरोध गर्ने व्यापारी रवि शाह पक्राउ परेका छन्। सोमबार बिहान २ बजे अनुगमनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य विभागको सयुक्त टोली बल्खुस्थित तरकारी बजार गएको थियो उक्त्त अनुगमन टोलीलाई त्यहाँका केही व्यवसायीले अभद्र व्यवहार गरेका छन।।

प्रहरीले अनुगमन टोलीलाई अभद्र व्यवहार देखाउने र तरकारीको बिल देखाउन नसक्ने एक जनालाई पक्राउ गरेको छ । यसअघि अनुगमन टोलीलाई काठमाडौंको मुख्य थोक बजार कालिमाटीका व्यवसायीले अनुगमनमा अवरोध गरेका थिए ।

अनुगमनका क्रममा अधिकांश पसल अवैध रुपमा सञ्चालन रहेको पाइएको छ । प्यान दर्ता गरेर पसल संचालन गर्नुपर्ने भए पनि अधिकांश पसल विना दर्ता संचालन गरेको अनुगमनका क्रममा खुलेको छ ।

यस्तै, सोमबार बिहान पनि कालिमाटी तरकारी बजारमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा कालिमाटीका सडकपेटीमा राखिएका पसल पनि हटाइएको छ ।