अफगानिस्तानको राजधानी काबुलस्थित सरकारी भवनमा आक्रमण भयको छ।फगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा सशस्त्र व्यक्तिहरूले आक्रमण गरेको अफगान अधिकारीहरूले बताएका छन्।शनिवार बिहान त्यहाँ विस्फोटन भएको र गोली चलेको आवाज सुनिएको थियो।मन्त्रालयका प्रवक्ता नस्रत रहिमीका अनुसार स्थानीय समयानुसार बिहान ११:४० बजे विस्फोटन भएको सुनिएको थियो।छ घण्टापछि सो घटना टुङ्गिएको अधिकारीहरूले बतायाका छन्।मन्त्रालय स्रोतका अनुसार तीन सशस्त्र व्यक्तिहरू सो आक्रमणमा संलग्न थिए। तीन जनामध्ये एक जना मन्त्रालयको भवनमा पस्न सफल भएको बताइएको छ।दोस्रो व्यक्तिले मन्त्रालयको परिसरको पर्खालमा विस्फोट गराएको र तेस्रो व्यक्तिलाई प्रहरीले गोली हानेको ती अधिकारीले बताए।घटनामा छ जना व्यक्ति घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको अधिकारीहरूले बताए।राजधानीको व्यक्त क्षेत्रमा भएको आक्रमणपछि सयौँ सर्वसाधारणलाई उद्धार गरिएको मन्त्रालयले बताएको छ। अधिकांश पश्तुन समुदायका व्यक्तिहरू संलग्न रहेको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए।साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ।अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो। आक्रमण राष्ट्रपति निवास र ख्यातिप्राप्त होटलहरू भएको एउटा व्यस्त स्थाननजिकै भएको हो।तालिबान र अफगान सरकारका प्रतिनिधिहरूबीच वार्ता विफल भएको एक दिनपछि यो घटना भएको हो।