अब काठ्माडौं केहि महिना भित्रमा धुलोमुक्त हुन्छ : प्रचण्ड

0
351
prachanda_namunanews.com

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन महिनाभित्रै सरकारले काठमाडौंलाई धुलो र हिलोमुक्त बनाउने दावी गरेका छन् ।

prachanda_namunanews.com

मकवानपुरको मनहरी गाउँपालिकास्थित रजैयामा अग्निहोत्राश्रमको चाणक्य सदन उद्घाटन गर्दै उनले हिलो र धुलोका कारण रुष्ट सर्वसाधारणलाई सरकारले छिटै खुशी बनाउने बताए ।

prachanda1_namunanews.com

राजधानीबाहिर अन्तराष्ट्रिय विमानस्थलहरु बनिरहेको उदाहरण दिँदै उनले विकासले गति लिएको पनि बताए । प्रचण्डले अग्निहोत्राश्रममा वनस्पति होम गरे भने आश्रम परिसरमा राखिएको अमोघ वृक्षमा जल सिञ्चनसमेत गरे ।

उनले ६ महिनामै सरकारले काम गर्न सकेन भनी गरिएको मूल्यांकन न्यायसंगत नभएको प्रचण्डले बताए । अहिलेको सरकारले कुरा बढी गर्‍यो काम गरेन भन्ने आरोप खेप्नुपरेको भन्दै रेल मार्गको काम समयमै अघि बढ्ने प्रचण्डले दावी गरे ।