अब लुम्बिनि घुम्न आउने आन्तरिक पर्यटकलाई पनि शुल्क

0
982
Lumbini1_namunanews.com

बुद्धजन्मस्थल लुम्बिनी घुम्न आउने आन्तरीक पर्यटकले पनि अब शुल्क तिर्नुपर्ने भएको छ । लुम्बिनी विकास कोषले लुम्बिनी विकास तथा सेवा शुल्कका नाममा प्रतिव्यक्ति २० र विद्यार्थीका लागि १० रुपैयाँ शुल्क तिर्नुपर्ने नियम बनाएको हो । यसअघि भारतीय र तेस्रो मुलुकका पर्यटकका लागि मात्रै शुल्क लिने व्यवस्था थियो ।

पर्यटन प्रवद्धनलाई व्यवस्थित गर्न आन्तरिक पर्यटकबाट पनि लुम्बिनी विकास तथा सेवा शुल्कका नाममा चालु आर्थिक वर्षदेखि टिकटको व्यवस्था गरिएको सूचना अधिकृत भीम बस्नेतले बताउनुभयो ।बृहत लुम्बिनी क्षेत्रभित्र पर्ने रूपन्देही, नवलपरासी र कपिलवस्तुका पर्यटकलाई भने यो शुल्क लाग्ने छैन । हरेक पर्यटकको टिकट तथा परिचयपत्र मायादेवी मन्दिर प्रवेशद्वारमा चेक गरिनेछ। ल्ुाम्बिनीमा धार्मिक, सांस्कृतिक र अध्ययनका लागि ९० देशका पर्यटक घुम्न आउने गरेका छन् ।