अब स्थानिय तहमा कर्मचारिको अभाब नहुने

0
362
www.namunanews.com

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका आनुसार “यही असार मसान्तसम्म सबै स्थानीय तहले कर्मचारी पाउने दावी गरेका छन् ” । पण्डितले कर्मचारी अभाव खेपिरहेको स्थानीय तहका लागि असार मसान्तसम्म १० हजार कर्मचारी पठाउने तयारी भइरहेको समेत जानकारी दिए ।

विराटनगर विमानस्थलमा सोमबार स्थानीय सञ्चारकर्मीसंग कुराकानी गदै मन्त्री पण्डितले भने, ‘प्रशासनिक अन्तरिमकालीन अवस्था असार मसान्तसम्म चल्छ, त्यसपछिका दिनमा सबै स्थानीय तहले कर्मचारी अभाव खेप्नु पर्दैन ।’

पण्डितले स्थानीय तहमा प्रशासनिक प्रमुख पठाउने काम पूरा भएको र अफिसर लेभलका कर्मचारी पनि ७५ प्रतिशत पूरा भएको सञ्चारकर्मिलाई जानकारि दिए ।स्थानीय तहमा तल्ला तहका कर्मचारी करारमा नियुक्ति गर्नेक्रममा जनप्रतिनिधि आफ्नै छोरी, भाइ, जेठान भएको पाइएपछि तत्काललाई स्थानीय तहमा कर्मचारी नियुक्ति बन्द गरिएको उनले जानकारी दिए । अब सहायक स्तरका कर्मचारी पनि असार मसान्तभित्र पठाइसकिने उनले अवगत गराय ।

उनले केन्द्रीय तहबाट हाललाई कर्मचारी व्यवस्थापन गर्ने र चाँडै प्रादेशिक लोकसेवा आयोगको व्यवस्था गरी प्रादेशिक लोकसेवा मार्फत राष्ट्रिय मापदण्ड अनुसारको राष्ट्रसेवकको नियुक्ति गरिने बताए ।मन्त्री पण्डितले सरकारले पठाएको स्थानमा नजाने कर्मचारीलाई मन्त्रालय गएर हाजिर गरेर बस्न कसैलाई छुट नदिने पनि बताए ।