अमेरिकी डीभी भिसा बन्द गर्ने डोनाल्ड ट्रम्पको घोषण

0
624
dv_namunanews

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डाइभरसिटी भिसा डिभी बन्द गर्ने घोषण गरेका छन् । अमेरिकी कंग्रेसको संयुक्त सदनलाई संवोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाले बिश्वका बिभिन्न देशका नागरिकलाई उपलब्ध गराउँदै आएको डिभी चिठ्ठा बन्द गर्दै आप्रबासीप्रति कडा नीति लिने घोषणा गरेका हुन् । ट्रम्पले आप्रवासी र डीभी लोटरी भिसाबारे पनि उक्त कार्यक्रमको भाषणमा केही प्रमुख निर्णयहरु सुनाएका छन् । आप्रवासी सम्बन्धी योजनालाई उनले चार भागमा विभाजित गरि आफ्नो धारणा प्रस्तुत गरेका हुन् ।

पहिलो चरणमा उनले १८ लाख आप्रवासीलाई नागरिकता प्रदान गरिने बताए । त्यस्तै दोस्रोमा सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई अझ कडा बनाइने, तेस्रोमा ग्रीन कार्ड लोटरी भिसाको सुविधालाई अन्त्य गराउने जानकारी गराए । र, चौथोमा चेन माइग्रेसन अन्तर्गत एकजना बराबर ल्याउन पाइने परिवारको सदस्यको सङ्ख्यालाई न्युन गराउने योजना उनले सार्वजनिक गराएका छन् ।

राष्ट्रपति ट्रम्पले पछिल्लो समय अमेरिकाको न्यूयोर्कमा भएका आतङ्की हमलाका प्रमुख कारण भिसा लोटरी र चेन माइग्रेसन जस्ता सुविधा भएको बताए । यी सेवाहरुले जोकोहीलाई पनि देशमा सजिलै प्रवेश दिलाइरहेकाले अमेरिकामा आतङ्की हमला बढ्दै गएको उनी बताउँछन् । भिसा लोटरी सुविधामा दक्षता, शीप, योग्यता र मानवीय सुरक्षा जस्ता विशेषताबारे गम्भीरतापूर्वक जाँच नगरिने भएकाले यसले अमेरिकी नागरिकहरुको सुरक्षामा खतरा पैदा गरेको हुँदा यसको अन्त्य गर्न जरुरी भएको उनको भनाइ छ ।

यसअघि पनि उनले भिसा लोटरीले जथाभावी काम नलाग्ने मानिसहरु भित्र्याउँछ भन्ने टिप्पणी गरेका थिए । ट्रम्पको संवोधन कंगे्रेसका डेमोक्रेटिक सांसदहरुले बहिष्कार गरेका थिए ।‘अव हामी ‘मेरिट’ मा आधारित आप्रवासी प्रणालीमा जानुपर्छ । जो दक्ष छन, काम गर्न चाहान्छन, जो समाजलाई योगदान दिन सक्छन र जसले अमेरिकालाई मायाँ गर्छन र सम्मान गर्छन, उनीहरुलाई अमेरिका ल्याउनुपर्छ’ उनले भनेका छन् । चौथोमा, ‘चेन माइग्रेसन’ समाप्त पार्ने । एकजना आप्रवासीले आफ्ना टाढा टाढासम्म नाता पर्ने असिमिति मानिसलाई अमेरिका ल्याउने भएकाले अव त्यसलाई रोक्नुपर्ने उनले बताएका छन् । ‘अव नजिककका नातागोताबाहेक ल्याउन नपाउने व्यवस्था गर्नुपर्छ । यसले अमेरिकी सुरक्षा र अर्थतन्त्रलाई सवल बनाउँछ’ उनले भनेका छन् ।