अशोक लामा माथी प्रहरी द्वरा गोली प्रहार

0
285
GunFiring_namunanews.com

काठमाडौं, जेठ २८— काठमाडौंको शंखमुलस्थित यूएन पार्कमा गुन्डा नाइके अशोक लामा र प्रहरीबीच गोली चल्दा दाहिने खुट्टाको माथिल्लो भागमा गोली लागेको छ ।
प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाा पुगेको थियो । तर, उनी उल्टै प्रहरीविरुद्ध जाइलागेपछि गोली चलेको हो । विभिन्न अपराधमा पक्राउ पर्दै छुट्ने गरेका लामा पछिल्लो समय व्यापारीलाई धम्काउँदै आएको उजुरी परेपछि उनलाई पक्राउ गर्न गोली चलाएको महानगरीय आयुक्त डिआईजी मनोज न्यौपानेले जानकारी दिनुभयो ।

उनीसँगै रहेका २ जना भाग्न सफल भएको र गोली लगेका लामाको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।