आइसिसी टी-२० विश्वकप छनोट प्रतियोगिताका लागि नेपालले राष्ट्रिय टिम घोषणा गरेको छ।

0
565
nepali-cricket-team2_namunanews.com

नेपाल, सिंगापुर, कुवेत, मलेसिया र कतारबीच प्रतिस्पर्धा हुने प्रतियोगिता राउन्ड रोबिनको आधारमा चल्नेछ। साउन ६ देखि १२ गतेसम्म सिंगापुरमा हुने आइसिसी टी-२० विश्वकप छनोट प्रतियोगिताका लागि नेपालले राष्ट्रिय टिम घोषणा गरेकोमा प्रशिक्षक उमेश पटवालसहितको छनोट समितिले पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरेका हुन,

पहिलो चरणको तयारीपछि राष्ट्रिय टिम अब प्रशिक्षणका लागि मलेसिया जाने कार्यक्रम छ।मलेसियामा १० दिन प्रशिक्षण गरेपछि नेपाल सिंगापुर जाने छ। छनोट प्रतियोगितामा नेपालसहित ५ टिम सहभागी हुनेछन्विजेता टिम ग्लोबल छनोटमा पुग्नेछ। विजेता भएमा नेपालले अक्टोबर २०१९ मा युएईमा हुने टी–२० विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।क्षेत्रीय छनोट पार गर्ने बाँकी ६ टिम गरी १४ बीच विश्वकप छनोटमा प्रतिस्पर्धा हुनेछ।टी–२० विश्वकप छनोटमा जिम्बावेसहित अघिल्लो विश्वकप खेलेका ८ टिमले खेल्ने पक्का भइसकेको छ छनोटमा शीर्ष ६ स्थानमा परे नेपालले टी–२० विश्वकप खेल्न पाउनेछ। नेपालि तिममा पारस खड्का (कप्तान), अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी,ललितनारायण राजवंशी, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी रहेका छन्।