आजदेखि टेलिकमले पनि सापटी सेवा दिने

0
217

नेपाल टेलिकमले जीएसएम प्रिपेड ग्राहकका लागि घोषणा गरेको ‘नमस्ते क्रेडिट सेवा’ शुक्रबार बाट शुरु गरिने भएको छ ।

यो सेवासँगै अब प्रिपेड कार्ड ग्राहकले फोन गर्दा-गर्दै पैसा सकिएमा पनि क्रेडिट लिएर फोन गर्न सक्नेछन् भने बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काट्निे छ ।
तर, ग्राहकलाई यो सेवा लिएबापत ब्याज वा कुनै शुल्क नलिने तयारी छ ।

यो योजनामा सापटीका रुपमा कति रकमको सीमा राखिने भन्ने घोषणा भने शुक्रबार हुदैछ ।

टेलिकमका अनुसार गत माघ २२ गते एक समारोहका बीच यसको सफ्ट लञ्च भएपनि ग्राहकवर्गले भने शुक्रबारबाट सेवा लिन सक्नेछन् ।

सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले आज बिहान १० बजे सेवाको थालनी गर्ने कार्यक्रम छ । अहिलेसम्म एनसेलले मात्रै सापटी दिने सेवा दिँदै आएको छ ।
यस्तै सेवा कसरी लिने भन्ने बारेमा आज जानकारी दिइने छ ।

टेलिकमले आफ्नो १४औं वाषिर्कोत्सवको अवसरमा यो सेवा सुरु भएको घोषणा गरेको थियो ।