आज राष्ट्रिय धान दिवस भब्बेरुपमा मनाइँदै

0
392
Ashad 15 -1_namunanews.com

काठमाडौं, असार १५—बिहीबार असार प्रन्ध अर्थात् धान दिवस । यो वर्ष ‘धान उत्पादनमा वृद्धिः राष्ट्रको समृद्धि’ मूल नाराका साथ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँन लागिएको छ । यसवर्ष सरकारले काठमाडौंको दक्षिणकालीमा धान दिवसको आयोजना गरेको छ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला प्रदान गर्न प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो। धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ । कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ ।

यस्तै आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । आजको दिन दही चिउरा खानु संस्कृति नै बनेको छ। धान दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रमहरुको आयोजना गरिएको छ । कार्यक्रममा कृषि मन्त्रीदेखि रक्षामन्त्री सम्मले धान रोप्दैछन् ।

ashad 15_namunanews.com

कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रीले कपिलवस्तुको तिलौराकोट दरबारको पूर्वी गेट अगाडि धान रोप्दैछन् । त्यहाँका राजा शुद्धोधनले सुनको हलोले जोतेर पहिलोपटक धान खेती शुरु गरेको किंवदन्ती छ । त्यसैसँग जोडेर त्यहाँ आयोजना गरिएको महोत्सवमा मन्त्री खनालले धान रोप्न लागेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन लालबाबु पण्डितले पनि काठमाडौंको बौद्धमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा सहभागी भई धान रोप्ने बताइएको छ ।
यस्तै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि बिहीबार बूढानीलकण्ठमा आयोजना गरिएको धान रोपाइँ कार्यक्रममा सहभागी हुँदैछन् ।