manchester-city-namuna-news-nepal

इंग्लिश प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको म्यान्चेष्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले एभर्टनलाई ३ – १ ले हराएको हो ।

एभर्टनको मैदानमा सिटीलाई जित दिलाउन लिओरी साने, गाब्रियल जिसस र रहिम स्ट्रलिङले समान एक एक गोल गरे । सिटीले तीनै गोल पहिलो हाफमा गरेको थियो । लिगमा शीर्ष स्थानको सिटीको ३१ खेलबाट ८४ अंक रहेको छ । दोस्रो स्थानमा रहेको युनाइटेडको ६८ अंक रहेको छ । पराजित एभर्टन ४० अंक जोडेर नवौं स्थानमा रहेको छ ।