इन्डोनेशियामा आइतबर आएको बाढीमा परी कम्तीमा ५८ जनाको मृत्यु भएको छ। बाढीमा कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीले बताएका छन्। देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्रान्तीय प्रवक्ताले आइतबार जानकारी दिएका छन्। अत्यधिक वर्षाका कारण जिल्लाका धेरै ठाउँमा प्राकृतिक प्रकोपका घटना भएको जनाइएको छ। बाढीबाट प्रभावित भएकाहरूमध्ये ३ हजारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले जानकारी दिए। बाढीले दर्जनौँ घर, सडकलगायतका भौतिक संरचनामा पनि क्षति भयको छ। घटनाबाट प्रभावितलाई खोजी तथा उद्धार र राहत वितरण कार्य भइरहेको अधिकारीले जनाएका छन्। प्रकोपबाट १८ जना सामान्य घाइते भएका छन् भने २१ जना गम्भीर घाइते भएका छन् ।