इरानले अमेरिकामा ड्रोन खसाल्यो

0
288

ट्रम्पले इरानलाई चेतावनी दिएका हुन्। राष्ट्रपति सामरिक महत्वको हार्मुज जल क्षेत्रमा इरानले अमेरिकाको जासुसी विमान खसालिदिएपछि ट्रम्पले चेतावनी दिएका हुन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले अमेरिकी ड्रोन खसालेर ठूलो गल्ती गरेको चेतावनी दिएका छन्। इरानले पनि अमेरिकी अत्याचार सहन नसक्ने बताउँदै युद्धका लागि तयार भएको बताएको छ। इरानले ड्रोन खासाल्नु अमेरिकाको लागि प्रतिष्ठाको विषय बनेको छ। अमेरिकाले ठूलै कारबाही गर्ने संकेत दिएको छ। अमेरिकाले इरानमाथि लामो समयदेखि प्रतिबन्ध लगाउँदै आएको छ। इरानसँग तेल खरिद गर्दै आएका चीन, भारत लगायतका देशलाई पनि इरानी तेल नकिन्न दबाब दिँदै आएको छ।अहिले दुवै देशबीच तनाव बढेको छ। इरानी सेनाका प्रमुखले अमेरिकासँग लड्न तयार भएको बताएका छन्। बिहीवार ट्रम्पले ट्विट गर्नै भने, ‘इरानले भयानक गल्ती गरेको छ।’ यी ड्रोन ३० घण्टमा ५८ हजार फिटमाथि उड्न सक्छन्। अत्याधुनिक सेन्सर प्रयोग गरिएका ती ड्रोनले फुल मोशन भिडियो रेकर्ड गर्न सक्ने बताइएको छ। आफ्नो लक्ष्यमा अचुक मानिने ड्रोनमा रोल्स रायसका इन्जिन प्रयोग गरिएको छ। ५० फिट लम्बाइ भएको उक्त ड्रोन ३६८ माइल प्रतिघण्टा उड्न सक्छन्।