एपिएफलाई पछि पार्दै पुलिस फाइनलमा

0
353
police-namunanews.com

दमक बहुमुखी क्याम्पसको खेलमैदानमा भइरहेको दमक गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्ल्ब फाइनलमा प्रवेश गर्न सफल भएको छ | मंगलबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा अर्को टोली एपीएफलाई खेलको पहिलो हाफको 38 औँ मिनेटमा निरकुमार राईद्वारा गरिएको काउन्टर एट्याक्को पहिलो एकमात्र गोल नै निर्णायक बन्न पुग्यो |
राईको निकैनै चलाखीपूर्ण काउन्टर एट्याक नेपाल पुलिस क्लबको लागि अग्रता दिलाउने एकमात्र आधार बनेको थियो | दुई टोलीबीचको खेल निकै नै रोमाञ्चक बनेको थियो यस्तै क्रममा एपिएफले निकै राम्रा मौकाहरू चुकाएको थियो | नेपाल पुलिस क्लब र एपिएफ बिचको खेल निकै नै आकर्षित आक्रोशित खेल हेर्ने मौका दर्शकले पाएका थिए |
खेलको क्रममा नेपाल पुलिस क्लव विरुद्ध आक्रमक देखिएका एपीएफ खेलाडिहरुले पटक-पटक पुलिसका खेलाडीविरुद्ध फल गर्न पुगेका थिए | किरण चेम्जोङको उत्कृष्ट गोलरक्षक सैलि – साथै राईको उत्कृष्ट काउन्टर एट्याक्क नै नेपाल पुलिस क्लबको लागि एकमात्र जित्ने आधार बन्न पुग्यो |
पहिलो सुरुवतनै निकै उत्कृष्ट सँगसँगै 12 औं मिनेटमा अजित भण्डारीले गोल गर्ने राम्रो मौका गुमएका थिए | साथसाथै 21औं मिनेटमा पुलिसका अबिषेक रिजालको उत्कृष्ट प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो | 38औं मिनेटको उत्कृष्ट प्रहार नै पुलिस को लागि जितको एकमात्र आधार बन्न सफल भयो |
यस खेलमा man-of-the-match पुलिसका निरकुमार राई घोषित भए | उनले 11 हजार नगद प्राप्त गरेका थिए | यस प्रतियोगिताको विजेताले 13 लाख 11 हजार तथा उपविजेताले 6 लाख 11 हजार प्राप्त गर्नेछन् |