एसइई परिक्षामा अमर्यादित कार्य गर्ने दुई जना निरीक्षक निष्कासित

0
290
see-exam-namunanewsnepal

माध्यामिक शिक्षा परीक्षा (एसइई) को अन्तिम दिन शनिबार दोस्रो ऐच्छिक विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने सप्तरीका २ जना निरीक्षकलाई निष्कासन गरिएको छ।

जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेको नेतृत्वमा खटिएको अनुगमन टोलीले सप्तरीको सदरमुकाम राजविराजस्थित हेपिल्याण्ड मावि परीक्षा केन्द्र र मोडेल स्कुल परीक्षा केन्द्रबाट २ जना निरीक्षकलाई निष्कासन गरेको छ ।

परीक्षामा मर्यादा विपरित कार्य गरी लापरबाही र चिट चोराएको आरोपमा हेपिल्याण्डबाट राजदेव साह र मोडेल स्कुलबाट जीवन यादवलाई निष्कासन गरिएको हो ।

यसैबीच हालसम्म अरु परीक्षा केन्द्रमा शान्त र मर्यादित रुपमा परीक्षा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय, सप्तरीले जनाएको छ। यसवर्ष सप्तरीमा नियमित तर्फ ८ हजार ५ सय १४ र एक्ज्याम्टेडतर्फ १ हजार १३ गरी कूल ९ हजार ५ सय ९७ विद्यार्थी परीक्षामा सहभागी रहेका छन्।

७७ सामुदायिक, ४४ निजी र एक खुला गरी कूल १ सय २२ विद्यालयका विद्यार्थीको लागि ३६ वटा परीक्षा केन्द्र तोकिएको थियो।