एसेम्बल मात्र भएका जुत्ता–चप्पलले निर्यात अनुदान नपाउने !

0
237
chappal-namunanews.com

नेपालमा एसेम्बल मात्रै भएका जुत्ता चप्पल उधोग निर्यात अनुदान माग गरेपछि उद्योग विभागले यस्तो प्रष्टिकरण दिएको हो ।राजधानीमा अयोजित अभिमुखीकरण कार्यक्रममा उधोगीहरुलाई प्रशिक्षण गर्दै महानिर्देशक विनोदप्रकाश सिंहले कच्चा पदार्थको प्रशोधनमार्फत नेपालमा वस्तु उत्पादन नगर्ने उधोगको निर्यात अनुदानमा विभागले कडाई गर्ने, एसेम्बल भएका वस्तुलाई नेपाली उत्पादन मान्ने कि नमान्ने भन्नेमा विभागले छलफल गरिरहेको छ । उनीहरुको अनुदान निवेदन तत्काल स्वीकृत हुँदैन,’ सिंहले भने ।कार्याविधिको अनुसूची २ अन्तर्गत निर्यातमा अनुदान प्राप्त गर्ने वस्तुहरुको सूचीमा फुटवेयर समावेश भएको थियो ।

शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित भई उत्पादन गर्नुपर्ने वस्तुहरु प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला (क्रस्ट) र छालाजन्य उत्पादनहरू, हातेकागज तथा सोबाट उत्पादित सामान, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना, अल्लोबाट उत्पादित सामानहरू, मिनरल वाटर, बेसार, तरकारी, पुष्प, प्रशोधित मह, प्रशोधित अलैंची, प्रशोधित अदुवा (सुठो, स्लाइडिङ, तेल र पाउडरलगायत) र प्रशोधित जडीबुटी तथा सारयुक्त तेलमा पाँच प्रतिशत अनुदान प्रदान गरिने कार्यविधिमा उल्लेख छ ।नेपालमा उत्पादित कपडा, तयारी पोसाक, गलैंचा र ऊनीका सामान, च्याङ्ग्रा पस्मिना तथा सोबाट उत्पादित सामान, स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादन, सुनचाँदीका गरगहना, स्वदेशी अर्धप्रशोधित छाला, औषधि, फेल्ट (ऊनीजन्य) का वस्तु, पोलिस्टर तामाका सामान (हस्तकलाका सामान, पूजाआजाका सामान, सजावटका सामान तथा अन्य भाँडाकुँडा) निर्यातमा अनुदान प्राप्त गर्ने वस्तुहरु हुन् ।

स्वदेशमा निर्मित जुत्ता–चप्पललाई निर्यातमा अनुदान दिने घोषणा गरेको सरकारले नेपालमा एसेम्बल मात्र गर्ने उधोग भने यसमा नसमेटिने प्रष्ट पारेको छ । ९ असार, काठमाडौं।