औद्योगिक क्षेत्रमा हुँदै आएको लोडसेडिङ हटाउन ऊर्जा मन्त्रीको निर्देशन

0
157

विद्युत प्राधिकरणले वैशाखपछि सबैखाले लोडसेडिङ अन्त्य गर्ने घोषणा गरको छ । स्युचाटारस्थित भार प्रेषण केन्द्र अवलकोन गर्न पुगेका ऊर्जा, सिंचाई तथा जलस्रोतमन्त्री वर्षमान पुनले वैशाख भित्रै औद्योगिक क्षेत्रमा हुँदै आएको लोडसेडिङ हटाउन निर्देशन दिएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वैशाखपछि सबैखाले लोडसेडिङ अन्त्य गर्ने जनाएका हुन् । प्राधिकरणले अहिले औधोगिक ग्राहकलाई मात्रै दैनिक ४ घण्टा लोडसेडिङ गर्दै आएको छ ।

लोडसेडिङको समस्याबारे गुनासो आएपछि आईतबार विदाको दिन उर्जामन्त्री पुनसँगै ऊर्जासचिव अनुपकुमार उपाध्याय र कार्यकारी निर्देशक घिसिङ भार प्रेषण केन्द्र स्युचाटार पुगेका थिए। औद्योगिक क्षेत्रमा लोडसेडिङ हटाउनेबारे प्राधिकरण प्रमुख घिसिङ र उर्जामन्त्री पुनबीच पटक–पटक छलफल भएको छ। मन्त्री पुनले उर्जामन्त्रीको रुपमा पदभार ग्रहण गरेलगत्तै यो समस्या कसरी समाधान गर्ने भन्ने विषयमा छलफल सुरु गरेका थिए।