Kanchanpur_namunanews.com

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर जिल्लाको भिमदत्त नगरकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन चाैँथाे दिन उग्र बनेपछि कर्फ्यू आदेश जारी गरिएको छ ।

आन्दोलन नियन्त्रणमा लिन प्रहरी असफल भएपछि अाज दिउँसोबाट अनिश्चितकालका लागि कर्फ्यू अादेश जारी गरिएको छ । प्रदर्शन जारी रहेका सबै स्थानमा कर्फ्यू अादेश जारी गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

fire-by -police_namunanews.com

यसअघि प्रहरीको गोली लागि चार जना प्रदर्शनकारी घाइते भएका छन । घाइते हुनेहरूमा कैलाली गाउँपालिका–३ का २४ वर्षीय सन्तोषकुमार कठरिया, भीमदत्त नगरपालिका–२ भाँसीका ३६ वर्षीय तेजराज भट्ट, भीमदत्त नगरपालिका–४ महेन्द्रनगरका १९ वर्षीय अर्जुन भण्डारा र कञ्चनपुरकै किरनप्रसाद पाण्डेय रहेका छन । निदोर्ष मान्छेलार्इ समातेर दोषीलार्इ उम्काउन प्रहरीले हरप्रयास गरेपछि स्थानीयहरू अान्दोलित बनेका हुन ।

प्रहरीले पक्राउ गरेका अभियुक्तप्रति अाम जनताले विश्वास गर्न सकेका छैनन । जसका कारण प्रहरी नै बलात्कारी बचाउने अभियानमा लागेको अाशंकामा स्थानीय उग्र बनेका छन । प्रहरीलार्इ बलात्कारीलार्इ कारबाही गर्न कसले र किन रोक्यो भन्ने प्रश्न पेचिलो बनेको छ।