करिब ९० लाख डलर सहयोगमा कटौती

0
324

अष्ट्रेलियाली सरकारले नेपाललाई २ करोड २३ लाख डलर करिब १ अर्ब ८० करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । घोषणा गरेको सहयोग गतबर्षको भन्दा करिब ९० लाख डलर कम हो ।अष्ट्रेलियका ट्रेजरर जोस फ्याडनबर्गले अष्ट्रेलियाली संसदमा यसबर्षको बजेट सार्वजनिक गर्दै वैदेशिक सहायता अन्तर्गत दिईने सहयोगमा कटौती गरिएको हो । सामान्यतयाः हरेक बर्ष ३ करोड १६ लाख डलर आर्थिक सहयोग गर्दै आएको अष्ट्रेलियाले यसबर्ष नेपाललाई दिईने सहयोगमा ९० लाख डलर कम सहयोग गर्ने बजेटमा उल्लेख गरेको छ । अष्ट्रेलियाले यसबर्षको बजेटमा दक्षिण एसियाली मुलुकहरुलाई दिईने सहयोगमा कटौती गरेको छ । बिशेष गरि पछिल्लो समयमा नेपाल नेपालबाट भएका राजनीतिक नियुक्तिमा समस्या देखिएपछि अष्ट्रेलियाले सहयोग रकम कटौती गरेको हुनसक्ने अनुमान गरिएको छ । अष्ट्रेलियाले नेपाललाई संघीय संरचनामा गइसकेको अवस्थामा यसको विकास र संघीय राज्य संरचनाको लागि नागरिकहरुको अधिकारका लागि, मानवीय सहायाताका साथै प्राकृतिक प्रकोप न्यूनिकरण, मानव संशाधन विकासका साथै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग पुर्‍याउने जारी बजेटमा उल्लेख छ । यस्तै अष्ट्रेलिया र नेपालबीचको स्वयंसेवी कार्यक्रम अन्तर्गत शहरी विकास, कृषि, पर्यटन लगायतका क्षेत्रमा समेत सहयोग पुर्‍याइने उल्लेख गरिएको छ । अष्ट्रेलियाले अहिलेसम्म नेपाललाई वैदेशिक सहायता कम गरेको थिएन् । पहिलोपटक सहयोग रकम कम गरिएपछि क्यानबेरास्थित नेपाली दुतावासले सहयोग रकम कम गरिएको बारेमा दक्षिण एसियाली मामिला हेर्ने निकायमा पुगी यसबारेमा गुनासो पोखेको छ । कार्यवाहक राजदुत द्रुपदा सापकोटाले सो निकायमा गएर सहयोग रकम कम गर्नुको बारेमा चासो व्यक्त गर्नुभएको हो । कार्यवाहक राजदुत सापकोटाले कान्तिपुरसँग भन्नुभयो, ‘हामीले सम्बन्धित निकायका प्रमुखसँग नेपाललाई दिईने सहयोग किन कम गरियो भन्ने बारेमा चासो व्यक्त गरेका छौँ । सो निकायका उच्च अधिकारीहरुले समेत यसबारेमा जानकरी लिने प्रतिबद्धता जनाएका छन् ।’ नेपालबाट राजनीतिक नियुक्ति लिएर आएकी राजदुत लक्की शेर्पा मानव तस्करीको आरोपमा नेपाल तानिएपछि समेत सहयोग रकम कम भएको हुनसक्ने विश्लेषण गरिएको छ । अष्ट्रेलियाको राजनीतिलाई नजिकबाट बुझेका डा. भरतराज पौडेल सहयोग रकम कम हुनु धेरै ठुलो कुरा नभएपनि नेपाललाई अष्ट्रेलियालाई हेनैे दृष्टिकोणमा परिवर्तन भएको भन्ने अर्थमा बुझ्नु पर्ने बताउनुहुन्छ ।