काठमाडौंमा ठूलो आवाजमा चल्ने मोटरसाइकल गुडाउन प्रतिवन्ध

0
348
dukati_namunanews.com

काठमाडौं,भदौं ३ – मोटरसाइकलको सौखिन हुनुहुन्छ ? अझ बढी सीसीको चढ्ने योजना छ ? त्यसो हो भने अब तपाईको सौख पूरा नहुने भएको छ । उपत्यकामा मोटरसाइकल सौखिनलाई धक्का लागेको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले डुकाटी ब्रान्ड लगायत ठूला आवाज निकाल्ने बाइकलाई प्रतिबन्ध लगाएको छ ।

अत्यधिक ध्वनी प्रदूषण गरेका कारण नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पुगेको निष्कर्षसहित उपत्यकाभित्र ठूलो आवाजमा चल्ने कुनै पनि मोटरसाईकल उपत्यकाभित्र सञ्चालन गर्न नपाइने गरी प्रतिवन्ध लगाएको हो ।

जसमा अहिले परेको छ डुकाटी जुन ठूला आवाजमा चल्ने मोटरसाइकल हो । तर कुनैपनि ठूला आवाज घटाएर चलेमा भने चल्न पाउने जनाईएको छ । १ हजार २ सय सीसीका यी मोटरसाइकल सञ्चालन नागरिकको हित विपरित हुन्छ ।

डुकाटी मोटरसाइकलका कारण ध्वनी प्रदुषण बढेको भन्दै दर्जनौ उजुरी पनि परेको उल्लेख छ । राजधानीको सडक डुकाटी मोटरसाइकलको लागि गति धान्न सक्ने क्षमताको नभएको र यहाँको जनघनत्व त्यही अनुसार रहका कारण पनि यसमा रोक लगाएको महानगरीय ट्राफिकले जानकारी दिएको छ ।

इटालियन ब्राण्डको डुकाटी मोटरसाईकल काठमाडौंमा मात्रै १ सय वटा भन्दा बढी रहको अनुमान छ । एउटा डुकाटीको मूल्य ४२ लाख पर्छ । यो मोटरसाइकलेको गति बढी हुने भएको तर सडकको क्षमता नहुँदा दुर्घटनाको जोखिम बढाएको पनि उल्लेख छ ।