sher-bahadur-tamang_namunanews.com

काठमाडौं,साउन ८ – बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि उनको चौतर्फी आलोचना भएको छ।

सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तामाङलाई बालुवाटार बोलाएका थिए। नेकपाका महासचिव बिष्णु पौडेल पनि उपस्थित त्यो भेटमा उनलाई राजीनामा गर्न निर्देशन दिए/नदिएको पुष्टि हुन सकेको छैन। ‘त्यसैका लागि दिउँसो पत्रकार सम्मेलन गर्न लाग्नुभएको होइन र?’ भन्ने प्रश्नमा उनले मन्त्रालयमा आयोजना हुने पत्रकार सम्मेलनमा नयाँ कानुनबारे ब्रिफिङ गरिने बताए।

मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए । नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मित बेच्न बाध्य हुनु पर्ने गरेको दाबी गरेका थिए । यसको सर्वत्र आलोचना भएको छ । सत्तारुढ नेकपाकै नेताहरुले समेत आलोचना गरे ।

बालुवाटारमा राति अबेरसम्म भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिन सुझाएका छन् । ‘सरकार र सिंगो पार्टीलाई नै बदनाम गर्ने प्रयास भयो ।

मन्त्री तामाङले दिउँसो २ बजे कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् । स्रोतका अनुसार उनले त्यहीबाट मन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्ने तयारी छ ।