काठमाडौँ — दक्षिण कोरियाली कम्पनी मोट्रेक्सले नेपालमै ४ पाङ्ग्रे सवारी साधन बनाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले नेपालमा उक्त कम्पनीलाई अनुमति दिएको छ । सन् २००१ मा स्थापना भयको मोट्रेक्स कोरियामा स्थापित कम्पनी मानिन्छ । यो कम्पनीलाई बोर्ड बैठकले १० अर्ब ५४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरी नेपालमा एसेम्बलिङ प्लान्ट स्थापना गर्न अनुमति दिएको हो । उक्त विदेशी लगानी रकम प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व सरकार बनेयताको सबैभन्दा ठूलो हो । ‘अबको १८ महिनामा उद्योग स्थापना गरिसक्ने योजना छ,’ बोर्डका एक अधिकारीले भने, ‘उद्योग स्थापनाको सुरुको वर्षमा २ हजार र पछि २० हजारवटा ४ पाङ्ग्रे सवारी साधन उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।’ कार, ठूला सवारी साधन उत्पादन गर्ने उसको प्रस्ताव छ । ‘विद्यहुतीय सवारीलाई नै प्राथमिकता दिने प्रतिबद्धता छ,’ ती अधिकारीले भने ।एसेम्बल प्लान्ट रूपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा राख्ने तयारी छ । एक सय बिघा जग्गा उपलब्ध गराइदिन बोर्डमा प्रस्ताव पेस गरइसकको छ । ‘कोरियाबाट आएका कम्पनीका लगानीकर्ताले मोतिपुर उद्योगिक क्षेत्रको अवलोकन समेत गरिसकेका छन्,’ अधिकारीले भने, ‘मोतिपुरको ८ सय बिघा जग्गामध्ये एक सय बिघा सायद उसले पाउनेछ ।’ नेपालमा गोल्छा समूहको हुलास मोटर्सले नेपालमै ४ पांग्रे सवारी उत्पादन गरेको थियो । केही सवारी साधन उत्पादन गरे पनि सफलता हासिल हुन सकेको थियन । अहिले हुलासले आफ्नओ उत्पादन बन्द गरेको छ ।