क्रिकेटमा नयाँ आयाम थप्दै सन्दिप

0
362
sandip.namunanews.com

क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाली लेगस्पिनर सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । गुयाना अमेजन वारियर्सबिरुद्धको पहिलो खेलमै मैदान उत्रने मौका पाएका लामिछानेले आफ्नो स्पेलमा मात्र १२ रन खर्चेर २ विकेट लिए ।

उनले आफ्नो स्पेलमा कुनैपनि बललाई बाउन्ड्री पुग्न दिएनन् । उनले ओपनर चाडविक वाल्टन र जासन महम्मदलाई पभेलियन फर्काए । यद्यपी अन्य बलरहरु नराम्रो चुटिदा उनी आबद्ध सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स पहिलो खेलमा पराजय भोग्न बाध्य भयो । १ सय ४७ रनको लक्ष्य गुयानाले २१ बल अगाबै ४ विकेट गुमाएर भेट्टायो । उसको जितमा सिमरोन हेटमेरले नटआउट ७९ रनको योगदान गरे ।