खानेपानीको पाइप सफा गर्ने क्रममा दुईकोे मृत्यु

0
473

काठमाण्डौंको बालाजुमा रहेको मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ। घाइते अवस्थामा उद्दार गरिएका दुबै जनालाई उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पुरायाइएको थियो । पाइप सफा गर्ने क्रममा भित्र पसेका उनीहरु निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान पाइप सफा गर्न पसेका सप्तरी शम्भुनाथ नगरपालिका २ कनकपट्टकिा २५ वर्षीय सुरेश साह र सोही स्थानका २० वर्षिय शिव कान्त साहको उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको बालाजु प्रहरी वृत्तले जनाएको छ ।