गोरखामा आयो यस्तो, ड्रोनबाटै योजना ‘अनुगमन’।

0
326
droan_namunanews.com

गोरखा नगरपालिकाले ‘ड्रोन क्यामरा’

आर्थिक वर्ष २०७५/०७६ मा नगरभित्र तीन सय वटा विकास निर्माण योजना कार्यान्वयन चरणमा छन्। बाह्र वडा रहेको नगरमा योजना हेर्ने प्राविधिक जम्मा पाँच जना छन्। कहाँ-कहाँ र कुन स्तरमा काम भइरहेको छ-छैन भनी हेर्न यी प्राविधिकहरू नियमित रुपमा योजनास्थल पुग्न भ्याउँदैनन्। मेयर पन्तका अनुसार उनीहरूलाई ‘सघाउन’ ड्रोन क्यामरा किनिएको हो।उनका अनुसार नगरपालिकाबाट ड्रोन क्यामरा आठ किलोमिटर टाढासम्म पठाउन सकिन्छ। ड्रोनले खिचेका फोटो/भिडियो नगरपालिकाभित्रको स्टुडियोमा राखिएको मनिटरमा हेर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।’प्राविधिकलाई पाँच दिन लाग्ने सर्भे ड्रोन क्यामराबाट दुई घन्टामै हुन्छ।गोरखा नगरपालिकाले ‘ड्रोन क्यामरा’ किनेको छ। यसको काम फोटो र भिडियो खिच्ने मात्रै होइन। विकास निर्माण योजना सर्भे र अनुगमन अब यही ड्रोन क्यामराले गर्ने गर्दछ ।