GunFiring_namunanews.com

साउन ५ – सिराहाको एक युवकमाथि शुक्रबार राति गोली प्रहार भएको छ। घनगढी बजारबाट धनगढीमाई नगरपालिका वडा नम्बर ९ स्थित घर जाने क्रममा ३० वर्षीय प्रदीप यादवमाथि वडा नम्बर १३ स्थित भर्लेनी भन्ने स्थानमा गोली प्रहार भएको प्रहरीले जनाएको छ।

स ८ प ३१९१ नम्बरको मोटरसाइकलमा सवार यादवलाई ४/५ जनाको संख्यामा रहेको समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। उनको बायाँ हत्केलामा गोलीको छर्रा लागेको छ। यादवलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ।