गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागी नुवाकोटको लिखु र पन्चकन्या गाउँपालिका कृषकहरुले एकसय २० बोरा आलु वितरण गरेका छन ।

0
358

सोमबार चितवनका पुगेर समाजसेवीहरु भगवान पौडेल,रामचन्द्र अगस्ती ,दिपक खनाल , बलराम ढकाल ,बाबुराम ढकाल ,गोपाल ढकाल ,रामराजा प्याकुरेल र गणेश खकुरालहरुको नेतृत्वमा गएको टोलीले आलु वितरण गरेको हो ।

प्रकाश सिलवाल ,चितवन । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागी नुवाकोटको लिखु र पन्चकन्या गाउँपालिका कृषकहरुले एकसय २० बोरा आलु वितरण गरेका छन ।

सोमबार चितवनका पुगेर समाजसेवीहरु भगवान पौडेल,रामचन्द्र अगस्ती ,दिपक खनाल , बलराम ढकाल ,बाबुराम ढकाल ,गोपाल ढकाल ,रामराजा प्याकुरेल र गणेश खकुरालहरुको नेतृत्वमा गएको टोलीले आलु वितरण गरेको हो । लिखु र पन्चकन्या गाउँपालिकाका किसानहरुसंग आलु संकलन गरि एकसय २० बोरा आलु वितरण गरिएको समाजसेवी भगवान पौडेलले बताउनुभयो । पौडेलले रंगशाला निर्माणका लागि अझै सहयोग संकलन भइरहेको बताउनुभयो ।

त्यस्तै अर्का समाजसेवी रामचन्द्र अगस्तीले आफुहरुको सानो सहयोगले अन्य व्यक्तिहरुलाई पनि सहयोगको भावना जागृत गराउन सहयोस्वरु आलु संकलन गरि सहयोग गरेको बताउनुभयो ।
यसअघि रंगशाला निर्माणको लागि नुवाकोटका आइचर व्यवसायीहरुले पनि वालुवा ३ सयभन्दा बढी आइचर वालुवा सहयोग गरेका थिए ।