जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

0
245
accident_namunanews.com

ओखलढुंगा देखि साेलुबाट काठमाडौंतर्फ गइरहेकाे जीप ओखलढुंगाको मानेभञ्झ्याङ गाउँपालिका–६, घुर्मीबाट २ किलोमिटर माथि हिलेपानी नजिकै दुर्घटना हुँदा ६ जनाको मृत्यु र दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन् ।बा १६ च २२०७ नम्बरको स्कर्पियो जीप भीरबाट खस्दा दुर्घटना भएको थियो । मृत्यु हुनेहरुमा ताप्लेजुङको ओलाङ्चुङ्‌गोला-९ का ५५ वर्षीय मिङ्‌मा शेर्मा र उनकी ४५ वर्षीया श्रीमती डोमा शेर्मा, ४० वर्षीया ङावाङ शेर्पा,३२ वर्षीया नुमा शेर्पा ,५० वर्षीया साङगेला शेर्पा र बौद्ध काठमाडौंनयाँ बस्तीका ३६ वर्षीया नोर्बू शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।घाइते तीन जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको छ ।