डीपीएलमा काठमाडौं गोल्डेन्सले खेल बहिष्कार गर्दा टोलीका कप्तान रहेका ज्ञानेन्द्रलाई आयोजकको प्राविधिक समितिले प्रतिबन्धको निर्णय गरेको हो । राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका ज्ञानेन्द्र मल्ललाई घरेलु टीट्वेन्टी प्रतियोगितामा चार खेलको प्रतिबन्ध लगाइएको छ । समितिका संयोजक अम्पायर बुद्धि प्रधानले प्रतियोगिताका दौरान खेल बहिष्कार गर्ने टोलीको कप्तानको हैसियतले ज्ञानेन्द्रलाई कारबाही गरिएको जानकारी दिए । ‘खेल बहिष्कार गर्दा टोलीको कप्तान रहेका कारण हामीले उनलाई आगामी चार खेलको प्रतिबन्धको निर्णय गरेका हौं’, प्रधानले भने, ‘यो कारबाहीमा थप खेलाडी पर्ने छैनन् । यो निर्णयमा संलग्न प्रशिक्षक र व्यवस्थापकमाथि भने चाँडै नै कारबाहीको निर्णय सार्वजनिक गर्ने छौं । प्रतिबन्धको निर्णयसँगै ज्ञानेन्द्रले घरमा आयोजना हुने कुनै पनि टीट्वेन्टी प्रतियोगिताको चार खेल गुमाउने छन् । ज्ञानेन्द्रको टोली काठमाडौं गोल्डेन्सले डीपीएलअन्तर्गत गत फेब्रुअरी २२ मा हुने तय भएको दोस्रो क्वालिफायर खेल बहिष्कार गरेको थियो । आफ्ना एक खेलाडी अंकित दबासलाई बलिङमा लगाएको प्रतिबन्धको विरोध गर्दै काठमाडौंले आयोजकसँग असहमति राखेको थियो । आयोजकसँग आफूले राखेको असहमतिका बारेमा जवाफ नआएपछि खेल खेल्न मैदानमा नउत्रिएको काठमाडौंले जनाएको थियो।ज्ञानेन्द्रले कप्तानको हैसियतमा आफूले निलम्बनको निर्णय स्वीकार गरेको बताए । यद्यपि उनले तपसिलका कुरालाई बढी जोड दिएर कारबाहीको निर्णय सार्वजनिक गरिएको जनाउँदै असन्तु पोखे । ‘मैले सधैं जिम्मेवार भएर खेलेको छु । सधै अनुशासित भएर खेलेको छु । ज्ञानेन्द्रले कप्तानको हैसियतमा आफूले निलम्बनको निर्णय स्वीकार गरेको बताए । यद्यपि उनले तपसिलका कुरालाई बढी जोड दिएर कारबाहीको निर्णय सार्वजनिक गरिएको जनाउँदै असन्तुस्टि पोखे । ‘मैले सधैं जिम्मेवार भएर खेलेको छु । सधै अनुशासित भएर खेलेको छु ।