ट्राफिक नियममा कडाई:जरिवाना बढ्यो, दुर्घटनाका सवारी साधन हरुको दैनिक जाँच सुरु भयको छ !!

0
1038
police-810_namunanews.com

काठमाडौं,जेठ १८ – ट्राफिक व्यवस्थापनलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहिबारदेखि ट्राफिक नियम पालनामा कडाई सुरु गरेको छ। गृह मन्त्रालयको ८२ बुँदे गृह प्रशासन सुधार योजना र प्रहरी महानिरीक्षकको १० बुँदे प्राथमिकतालाई महाशाखाले कडाइका साथ लागू गर्दै विभिन्न ७ किसिमका कसुरमा जरिवाना बढाएर एक हजार रुपैयाँ पुर्‍याइएको छ।

यातायात व्यवस्था विभागले आफुहरुलाई एक हजार रुपैयाँसम्म जरिवाना लिन पाउने अधिकार दिएको महाशाखाका निमित्त प्रमुख एसएसपी बसन्त पन्तले बताए। उनका अनुसार सिट क्षमता भन्दा धेरै यात्रु राखेमा, सार्वजनिक यातायातमा तोकिउ बमोजिम सिट सुरक्षित नराखेमा, पटके इजाजत नलिई सवारी चलाएमा, सार्वजनिक सवारीमा धुम्रमान गरेमा, हर्न बजाउन नपाउने ठाउँमा हर्न बजाएमा, तिव्र गतिले सवारी चलाएमा र दुर्घटना गरी फरार भएमा एक हजार रुपैयाँ जरिवाना हुने छ।

ट्राफिक व्यवस्थापनलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन बस स्टपमा उक्लने र ओर्लने यात्रुलाई लाइन लगाएर सवारी साधन चढाउने, लेन अनुशासनलाई कडाइ गर्ने, जेब्राक्रसिङलाई प्राथमिकता दिने, आकाशेपुलको प्रयोग गर्न लगाउनाका साथै सडक तथा फुटपाथलाई व्यवस्थित गर्न लागिएको समेत बताईएको छ ।

Ratnapark traffic jam_namunanews.com

हाल काठमाडौँ उपत्यकामा ११ लाख ३२ हजार ९२९ सवारी साधन सञ्चालनमा छन् । आर्थिक वर्ष २०७४/७५ को १० महिनामा उपत्यकामा १४९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये ११७ पुरुष र ३२ महिला थिए । चालू आवमा तीन लाख ७८ हजार ९२७ सवारी साधनलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

कान्तिपथबाट हरेक दिन सञ्चालन भइरहेका सवारी साधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने प्रयास समेत भईरहेको छ । यस्तै स्कुल, कलेज, संघसंस्थामा ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै प्रिन्टर जडान नगर्ने तथा बढी भाडा लिने ट्याक्सी, सिसीटिभीको निगरानीमा सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गर्ने र बढी दुर्घटनाका रुपमा हेरिएका टिपर, ट्रकलाई दैनिक जाँचको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।

त्यस्तै उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनले यात्रुले देख्नेगरी सवारी साधनको भित्री भागमा पनि नम्बर अनिवार्य राख्नुपर्ने भएको छ । सार्वजनिक यातायातमा यात्रुले धेरै सरसामान छोड्ने र हराउने क्रम बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाको पहलमा ट्याक्सी, माइक्रोबस, बसदेखि सबैखाले सार्वजनिक यातायातले अगाडि नम्बर राख्नुपर्ने व्यवस्था गरेको हो ।