tipar_namunanews.com

बनेपा,साउन ७ – ट्रिपरले ठक्करदिँदा बनेपाको चारदोबाटोमा मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ ख ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा बा ८३ प ५०७७ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो। मृतकको सनाखत हुन सकेको छैन ।

घटनापछि बनेपा बजार तनाव उत्पन्न भएको छ । आक्रोशित सर्वसाधारणको जमातले ट्रिपरमाथि आगजनी समेत गरेका छन् । ट्रिपरको ठक्करबाट ज्यान जाने क्रम बढेपछि सरकारले राजधानी उपत्यकामा दिउँसोको समयमा सञ्चालनमा रोक लगाएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरमा दिउँसो समयमा टिपर चलाउन साउन १ बाट रोक लगाइएको थियो । तैपनि अझै सम्म टिपर चलाउन भने रोक लागेको छैन, जसले गर्दा दुर्घटना निम्त्याइ रहेको छ ।