ठेकेदारहरुको दिन नजिकिदै , बाटोको हालत आनुगमन गर्दै गृहमन्त्रि

0
196
namunanews.com

बाटोको हालतलाई मधेनजर गर्दै गृहमन्त्रि रामबहादुर थापा , आफै सवारि जांच गर्न सडकमै उत्रिय ।
बिभिन्न ठुला तथा साना आयोजना समयमा सम्पन्न भएको छैन भने त्यसलाई कालो सूचीमा राख्ने देखि ठेक्का रद् गर्ने होस् वा जरिवाना गराउने, सबै काम भौतिक पुर्वाधार मन्त्रालय मातहतका निकायले गर्नु पर्ने हो । तर समयमा काम नगर्नेहरुको सूची भौतिक मन्त्रालयमा होइन, मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेको गृहमन्त्रालयमा पुगेको छ । समयमा काम नगर्ने ठेकेदारकै कारण कयौं आयोजना अलपत्र छन ।

गृहमन्त्री थापाकै निर्देशन अनुसार ७० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले समयमा काम नगर्ने ठेकेदारको सूची गृह मन्त्रालयमा पठाएका छन् । काठमाडौं जिल्ला प्रशासनले मात्रै काम नगर्ने तिन सय ठेकेदार कम्पनीको सूची पठाएको छ । यदि गृहको आदेशको पालना गर्ने हो भने ठेकेदारकै कारण कुनै नियमित काम हुन नसकेको भए प्रमुख जिल्ला अधिकारीले सार्वजनिक अपराध एैनमा मात्रै मुद्धा चलाउन सक्छ । तर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कार्वाही गर्ने सम्बन्धित निकाय गृह मातहतको निकाय होइन ।

गृहमन्त्रीले देखाएको सक्रियताले केही काम ठग्ने ठेकेदारमा डर पैदा त गर्ला तर खास जिम्मेवारी रहेका निकाय कामै नगर्ने र अरू नै निकाय सक्रिय हुने प्रवृत्तिले उल्लेख्य परिणाम भने दिने छैन । अाफूले गर्नुपर्ने काम गृहले गरिरहँदा भाैतिक पूर्वाधार मन्त्रालयचाहिँ के गरेर बसेको छ त ।