govinda kc-namunanews.com

डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई काठमाडौं ल्याउने योजना भैरहेको छ ।नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपाको बैठकले केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको जानकारी दिए ।

‘चिकित्सकहरुको सार्वजनिक विज्ञप्तिअनुसार उहाँलाई सीसीयूसहितको अस्पतालमा राख्नुपर्ने अनिवार्य भइसकेको जानकारि बाहिरियको छ । त्यसैले सबैले उहाँको जीवनरक्षलाई पहिलो प्राथमिकता बनाऔं । त्यसपछि खुला ढंगले मुद्दामा छलफल गरेर समाधान खोजौं ।’ उनले भने । श्रेष्ठले केसी प्रकरणमा राजनीति गर्न नहुनेमा पनि जोड दिएका छन् ।