तोकिएको ठाउँमा जान डाक्टरहरुलाई स्वास्थ्यमन्त्रीको निर्देशन

0
466
upendra yadav.namunanews
Upendra Yadav

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले चिकित्सकलाई तोकिएको ठाउँ जान निर्देशन दिनु भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको १२९ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री यादबले चिकित्सकहरू काठमाडौं बाहिर जान नमान्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

वीर अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकहरूले पर्याप्त समय नदिएको गुनासो बढेको भन्दै उनीहरूको ध्यानाकर्षण यस बिषयमा गराउनुको साथै यस्ता गुनासाहरु नाआवस भन्दै सबैलाई सचेत गराउनुभयो ।

यसै बिचमा अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले ६ सय शैय्याको अत्याधुनिक भवन निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको जनाउँदै इमर्जेन्सी सेवा समेत विस्तार गर्न लागिएको बताउनुभयो ।

निर्देशक बस्नेतका अनुसार वीर अस्पतालबाट गत आर्थिक वर्षमा ४ लाख १ हजार २ सय ९ जनाले उपचार सेवा लिएका थिए । उहाँले इमर्जेन्सी सेवालाई पेपरलेस बनाउने प्रक्रिया अगाडि बढेको औंल्याउंदै रक्त क्यान्सर, क्यान्सर स्क्यानिङ, २४ घण्टै हेमोडाइलाइसिस र एचआईभी तथा हेपाटाइटिस पोजिटिभ बिरामीको पनि डाइलोसिस सेवा सुरु गरिएको जानकारी दिनुभयो ।