त्रिशूली– वेत्रावती सडक खण्ड अबरुद्ध

0
308
road-crash.namunanews.com

पासाङल्हामु राजमार्गको त्रिशूली– वेत्रावती खण्डको विदुर नपा–१ सिम्बुटारको खोल्सीमा सडक भासिएर खसेकाले यातायात अबरुद्ध भएको छ ।

सडक भत्किएपछि साना सवारीसाधन मात्र सञ्चालन भएकामा अहिले भत्किएको सडक बनाउने काम भइरहेकाले सबैखाले सवारीसाधन रोकिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण आज बिहान सडक भासिँदा काठमाडौंँबाट रसुवा र रसुवाबाट काठमाडौंतर्फ हिँडेका सवारीसाधन रोकिएका छन् ।

बस रोकिएपछि वैकल्पिक सडक नभएका कारण यात्रुहरु भत्किएको सडक पार गरी अर्को सवारीसाधन चढेर गन्तव्यतिर गइरहेका छन् ।
भत्किएको सडक बनाउने काम तीव्रताका साथ भइरहेकाले आज बेलुकासम्म सडक सञ्चालन हुन सक्ने प्रहरीले जनाएको छ ।