दुई बालिका र एक महिलाको जलेर मृत्यु

0
486

सिरहामा शनिबार दिउँसो धनगढीमाई नगरपालिका १४ अमलीटारमा दीपक धमलाको घरमा आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको हो। छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा दुई बालिका र एक महिला गरी तीनजनाको मृत्यु भएको छ। नित्यराज पोखरेलको ७ वर्षीया छोरी ऋतु पोखरेल धमलाकी ६ वर्षीया छोरी दीक्षा पोखरेलको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले जानकारी दिए। आगलागीको कारण भने खुलेको छैन। स्थानीय र प्रहरीको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा आएको डिएसपी थापाले बताए।त्यसैगरी कल्याणपुर नगरपालिका ७ भेडियो पूर्वारी टोलमा खाना पकाउने क्रममा आगलागी हुँदा ५० वर्षीया बनारसी देवी सदायको मृत्यु भएको छ।
प्रहरीको अनुसार शुक्रबार राति बनारसीले परालले खाना पकाउँदै गर्दा साडीमा सल्केर आगलागी भएको थियो। घाइते अवस्थामा उनलाई कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा पुर्‍याइएको थियो। शनिबार बिहान ४ बजे उनको मृत्यु भएको हो। उनको घरसमेत जलेको छ।