forum_namunanews-696x350

संघीय समाजवादी फोरमले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि सरकारमा सहभागी हुने तयारी गरेको छ । फोरम नेताहरूका अनुसार दुई मन्त्रालय पाउने भए पनि मन्त्रीका लागि सातभन्दा बढी नेताको दाबेदारी छ । फोरम स्रोतका अनुसार अध्यक्ष उपेन्द्र यादवबाहेक अन्य नेताको नाममा विवाद छ ।

अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने अवस्थामा अन्य एक मन्त्री र एक राज्यमन्त्री आकांक्षीमध्येबाट छान्नुपर्ने हुन्छ । एक मन्त्रालयका लागि सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेत्री रेणु यादव, मोे. इस्तियाक राई, उमाशंकर अरगरिया, हरिनारायण रौनियारलगायत दाबेदार छन् । पेचिलो दाबेदारी भने श्रेष्ठ र यादवमै रहेको नेताहरू बताउँछन् ।

फोरमको पदाधिकारी बैठकले मन्त्रीको नाम टुंगो लगाउन सक्ने अवस्था नदेखिएकाले दुई उपाय रहेको नेताहरूले बताएका छन् । पहिलो, अध्यक्ष उपेन्द्र यादवले एकल निर्णय गरी सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने र दोस्रो, १५ सदस्यीय पदाधिकारीबीच मतदान गरेर टुंगो लगाउने उपाय रहेका छन्, नयाँ पत्रिकामा खबर छ ।