namunanews

आज बिहान ६ : १२ बजे सुर्खेतबाट कार्गो सामान लिएर सिमकोट उडेको मकालु एयरको एजेयू–नाइन–एन सिमकोटदेखि १० दशमलव ७ नटिकल माइल दक्षिण–पश्चिम थार्पुनाथ गाउँपालिकाको बाहुनचौरमा दुर्घटना भएको थियो।नेपाल प्रहरीका कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी सुरेश शाहका अनुसार स्थानीयले जहाज देखेको सूचना दिएपछि सिमकोटबाट नेपाल प्रहरीका असई, नागरिक उड्डयन प्राधिकरणका एकजना कर्मचारी र दुई जना मेडिकल सदस्य रहेको टोली त्यहाँ पुगेको हो ।

टोलीले शव निकाल्न नसकेपछि सिमकोटबाट हेलिकोप्टरमा थप जनशक्ति लिएर घटनास्थल तर्फ गएको थियो ।सिम्रिक एयरको हेलिकोप्टरबाट शव बोकेको हेलिकोप्टर काठमाडौं उडेको एयरका सुर्खेत प्रतिनिधि कमल गौतमले जानकारी दिनुभयो ।दिउँसो पौने ३ बजे हेलिकोप्टर शिक्षण अस्पताल महाराजगञ्जमा अवतरण हुने गौतमले जानकारी दिनुभयो ।

विमान दुर्घटनामा मृत्यु भएका पाइलट र कोपाइलटको शव काठमाडौं ल्याइदै छ। घटनास्थल समुद्री सतहदेखि १२,८०० फिट उचाईमा अवस्थित छ।