दुर्घटना ग्रस्त जीप , ११ को मृत्यु

0
391

दार्चुलाको सदरमुकाम खलंगाबाट दुहु गाउँपालिका हिकिला गईरहेको म १ ज २८० नम्बरको जीप महाकाली नदीमा दुर्घटना ग्रस्त भयको छ । दुर्घटनामा परि ११ जनाको मृत्यु भएको छ । सडकबाट झण्डै तीन सय मिटर तल महाकाली नदीमा खसेको उक्त जीप हिजो बेलुकी करिब ८ बजेतिर दुहु गाउँपालिका ३ राताकाठाभिरमा दुर्घटना ग्रस्त भयको थियो ।

घट्ना स्थलमा ७ जना महिला, तीन जना पुरुष र एक जना नाबालकको शव फेला पारेपनि सनाखत नभएको दार्चुलाका प्रहरी प्रमुख रविन्द्र कठायतले जानकारी दिनुभयो । मृतक सबैको शव संकलन गरी पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल दार्चुलामा राखिएको प्रहरीले जनाएको छ । घटना स्थलबाट गाडी चालक दिपकसिह धामीको घाइते अवस्थामा उद्दार गरिएको थियो । गम्भिर घाईते सवारी चालक धामीलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला बाहिर रिफर गरिएको अस्पतालले जनाएको छ ।