धनुषाको जटही नाकामा तनावग्रस्त

0
201

१४ जेठ, जनकपुरधाम । धनुषाको जटही नाकामा तनाव भएको छ । भारतबाट आएका नेपालीले सीमामा रोकिएको आक्रोसमा प्रहरीमाथि ढुंगामुढा गरेपछि त्यहाँ तनाव भएको हो ।

सीमामा भोकभोकै बस्नुपरेको भन्दै भारतबाट आएका नेपालीले प्रहरीका साथै एम्बुलेन्समा पनि तोड्फोड गरेका छन् । भारतबाट आएका एक गम्भीर बिरामी लिन पुगेको ज.१त १२१३ नम्बरको एम्बुलेन्समा उनीहरूले तोड्फोड गरेका हुन् ।

भारततर्फ रहेका ती बिरामीकाे अवस्थाबारे विभिन्न हल्ला चले पनि खुल्न नसकेकाे धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला जानकारी दिए ।

भारतबाट आएकाको भीडले नेपालतर्फ ढुंगामुढा गर्न थालेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले २ सयभन्दा बढी भीड नाकामा जम्मा भएपछि व्यवस्थापन गर्न कठिन भएको बताए । ‘एकैपटक धेरै मानिस भारतबाट आएपछि समस्या भएको छ । तिनको व्यवस्थापनबारे अहिले छलफल भइरहेको छ,’ प्रजिअ निरौलाले भने ।