धनुषाको एउटा विद्यालयले जन्ती राख्नका लागि पठनपाठन बन्द गराएको । विद्यालयले बन्द गर्न वडाध्यक्षकै सिफारिस। नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै जन्ती रख्नका लागि ६ दिन विद्यालय बन्द भइसकेको छ । नगराइन नगरपालिका–७, देबडिहास्थित राष्ट्रिय निम्न माविले वडाध्यक्ष रामदुलार मुखियाको सिफारिसमा बैशाख १३ र १४ गते बिदा दिएको हो ।शिक्षक बिल्टु मण्डलका अनुसार जन्ती राख्न विद्यालयले नमानेपछि स्थानीयले वडाध्यक्षको लिखित सिफारिस ल्याएका हुन् । जन्ती राख्दा पटक–पटक विद्यालय बन्द गर्नुपरेको उनले बताए । ‘जन्तीले विद्यालय परिसरमै मदिरा सेवन गरेर खाली बोतल फाल्ने, खाजाका प्याकेट, चिया गिलास, पराललगायत फोहोर फाल्छन्,’ उनले भने, ‘जथाभावी शौचसमेत गरिदिन्छन् ।कक्षा ८ सम्म पढाइ हुने यो विद्यालय नगराइन नगरपालिकाको ७ र ८ वडाको बीचमा पर्छ । दुवै वडाका स्थानीयले वडाध्यक्ष मुखियाको सिफारिस ल्याउने गरेको पासवानले बताए । प्रदेशका ८ वटै जिल्लाका सामुदायिक विद्यालयमा जन्ती नराख्न परिपत्र गरे पनि सुधार नभएको प्रदेश २ शिक्षा निर्देशनालयका निर्देशक रामाकान्त शर्माले बताए । पटक–पटक बन्द गरेको पाइएपछि विद्यालयमा जन्ती नराख्न पत्राचार गरिएको उनले बताए ।