धुर्मुसको घोषणा स्वागत योग्य,हामी साथमा छौं’- कप्तान पारस

0
448
parash-khadka-namuna-news-nepal

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन लाग्ने घोषणा स्वागत योग्य भएको बताएका छन् । कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल गरेपछि क्रिकेट खेलाडीहरु उत्साहित बनेका बताउदै पारसले यस्तो बताएका हुन् । पारसले भने,

‘उहाँहरुले पहिलेदेखि नै सामाजिक क्षेत्रमा धेरै योगदान दिइरहनु भएको छ, र हामी सबै जनतामा उहाँहरुप्रति विश्वास छ,’ ‘त्यसैले हामी आशावादी छौं कि उहाँहरुले घोषणा गरेको कुरा पुरा गर्नुहुनेछ ।

शुक्रबार बिहान पनि यस विषयमा धुर्मुस र पारसबीच छलफल भएको छ । तत्काल धनगढी प्रिमियर लिग खेल्न जानुपर्ने भएकाले त्यहाँबाट फर्केपछि बसेर रंगशालाको खाका बनाउन उनीहरु सहमत भएका छन् ।