नागरिकता दिन समस्या नभएकोः प्रचण्ड

0
269

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने नागरिकता दिन कुनै समस्या नभएको बताएका छन् । तर सरकारले ऐन संशोधनपछि मात्र जन्मका आधारमा नागरिकता पाएकाको सन्तानलाई बंशजको नागरिकता दिन सकिने निर्णय भइरहेकै बताईरहेको छ ।

बाराको कलैयामा आइतबार भएको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नागरिकताको मुद्दा कुनै मुद्दा नै नभएको बताए ।

 

 

यसबारे प्रधानमन्त्री केपी शर्माजी, आफू र गृहमन्त्री रामबहादुर थापा बादलबीच सहमति भैसकेको भन्दै उहाले यस बिषय घम्भिर नभएको बताय । ‘यसरी पाइएको छैन भने नपाउनु आश्चर्यजनक होईन’ उनले भने, ‘जन्मसिद्ध आधारमा बाबुआमाको नागरिकता छ भने छोराछोरीलाई पनि दिइन्छ ।’ उहाले थप प्रष्ट्याउनु भयो ।