नारायणगढ देखी मुग्लिन सडकखण्ड_namunanews.com

गृहमन्त्री रामबहादुर थापाले नारायणघाट देखी मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानबिन गर्न निर्देशन दिइएको बताएका छन् ।

गृहमन्त्री थापाले सो सडकको अब समय थप गर्ने वा जरिवाना लगाएर काम गर्ने भन्ने विषयमा छानबिनपछि मात्र भन्न सकिने बताए। सो सडकको चौथो पटक समय थप गरी सकिएको छ। पछिल्लो समय पनि जेठ १६ गते सकिँदैछ। हालसम्म ८८ दशमलव १४ प्रतिशत मात्र काम सकिएको छ ।यो सडक मार्ग नेपालको राजधानी सँग जोड्ने मार्ग हो।

गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहले आफ्नो गतिविधि देखाइरहेको भन्दै रोक्नका लागि के कस्ता काम भइरहेको छ भन्ने विषयमा जानकारी लिएका थिए। गृहमन्त्री थापाले यातायात सिण्डिकेट रोकिएपछिको प्रभाव र समयमा काम नगर्ने ठेकेदारको अवस्थाका बारेमा पनि जिल्लास्थित सुरक्षा निकायसँग जानकारी लिनु भयको थियो।