नुवकोटको तादी खोलामा डुबेर मृत्यु भयकाको सरिर २ दिन पछि उद्धार

0
603
river.suside.namunanews.com

तादी खोला मा पौडि खेल्ने क्रममा बेपत्ता भयकाको सब झिक्न नसकेर २ दिन पछि झिकेका छन् ।
दुई दिनअघि तादी खोलामा पौडी खेल्ने क्रममा बेपत्ता दुप्चेश्वर गाउँपालिकाका ७ शिखरबेंसीका राम पण्डितको शनिबार शव फेला परेको छ । उनको शव शनिबार अपराह्न स्थानीय र प्रहरीको टोलीले खोलाबाट झिकेका हुन् ।

कीर्तिपुर सप्रगण न. १५ बाट १० जना र समुन्द्रटार प्रहरी चौकीबाट ४ जनाको संयुक्त उद्धार टोलीले पौडी खेलेको ठाउँबाट लास बाहिर निकालेपछि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वसन्तबहादुर कुँवरले बताए ।