kshetrapal samudaik sansthaa-namunanews.com

नुवाकोटको लिखु गाउपालिका ४ चौघडा श्री क्षेत्रपाल सामुदायिक संस्था बाट नुवाकोटकै अत्याधुनिक सुबिधायुक्त नमुना एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । स्पिड वय फाउन्डेसनको समन्वयमा वेञ्जामिन नामक अमेरिकि संस्थाको आर्थिक सहयोग यस संस्थाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्यायको हो ।

उक्त एम्बुलेन्समा बिरामिको सहजताको लागि A/C तथा आकस्मिक सेवाको लागि ट्रेनिङ प्राप्त प्राबिधिक सिक्षा प्रदान गरिएको ड्राइभर सहितको एम्बुलेन्स सेवा सुचारु गरियको छ ।

kshetrapal saamudaik sasthha..-namunanews.com

 

यस संस्थाको नियमावलि अनुसार उक्त सेवा सुलभ दरमा जति जिल्ला स्वास्थ्य बिभागले तोकिएको भाडा दर छ उतिमै बिरामिलाई सेवा उपलब्ध गरिने तथा संस्थाका आजिबन सदस्य साथै एस संस्थाका सदस्य हरुको लागि बिषेस छुटका साथ एम्बुलेन्स सेवा सञ्चालन गरिने बेहोरा संस्थाले जनकारि गरायको छ ।

 

kshetrapal saamudaik sasthha..-namunanews.com

 

“बिरामिहरुको लागि सेवामा ढिलाई पर्न तथा कतिपय अवस्थामा सम्पर्क बिहिन भै रातको समयमा फोन सम्म नउठाई दिने गरेको कारण नुवाकोटका बिरामि तथा उनिहरुको परिवारले समस्या भोग्नु परेको हुदा बिरामिहरुलाई छिटो भरपर्दो साथै २४ घण्टा सेवा प्रदान गर्ने उद्धेस्यले यस संस्थाले बिरामिलाई अस्पताल नपुगुन्जेलका लागि चाहिने आवश्यक सामग्रिहरु जडित एम्बुलेन्स सेवा सञ्चालनमा ल्याईएको “संस्थाका सचिब रामचन्द्र अगस्थिले जानकारि दिनु भयो ।

kshetrapal samudaik sasthaa.namunanews.com

 

“यस संस्थाको सदस्यहरुको लागि बिषेस छुटको साथमा सेवा प्रदान गर्ने ब्यबस्था गरेको हुंदा यस संस्थाका सदस्य बन्न चाहानु हुने तथा हामिलाई साथ सल्लाह तथा सहयोग गर्न चाहानु हुने सम्पुर्ण जिल्ला बासि लाई आफ्नो गाउँ ठाउँको बिकासको लागि एकजुट भै अगाडि बड्नको लागि “यसै अवसरमा संस्थाका कोसाध्यक्ष बबिन श्रेष्ठले आव्हान गर्नुभयो ।

“बिगतमा पनि यस संस्थाले आफ्नो सहभागितामा बिभिन्न सामाजिक कार्य गर्दै -सरसफाई तथा बिभिन्न सिपमुलक कर्यक्रम संस्कृति तथा पुरातत्विक संरक्षेणको लागि बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र भाबि दिनहरुमा यस संस्थाले समाजको आर्थिक सामाजिक बिकासको लागि नयाँ-नयाँ योजना ल्याई सामाजिक बिकासको लागि सक्दो भुमिका निर्बाहा गर्ने प्रतिबधता” यस संस्थाका अध्यक्ष बिष्णुलाल श्रेष्ठले जायर गर्नुभयो ।यसै अवसरमा जिल्लाको बिकासको लागि बिभिन्न ठाउँमा साथ तथा सहयोग मिलेमा यस्तै कर्यक्रम बिभिन्न स्थानमा सञ्चालन गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।