नुवाकोटको नचनडाँडामा भिषण आगलागि -लाखौँको क्षति

0
707
fire.namunanews.com

सरकारले नुवकोट जिल्लालाई दमकल बिहिन ।
सरकार बाट सबै जिल्ला जिल्लामा हरेक आधार भुत सेवा जिल्लामानै उपलब्ध गराईएको भनेको २ दिन नबित्दै नुवकोटको लिखु गाउपालिका ४ नचन डाँडामा भिषण आगलागि भयको छ । मिति २०७४/०८/०४ गते बेलुका अन्दाजि २ः४० बजे राजु शाहाको घरमा एक्कासि करेण्ट सर्ट भई आगलागि हुँदा घरमा भएको अन्नपात पशुपन्छि तथा घर पुर्ण रुपले जलेर नष्ट भयको छ । घरमा भएका आधारभुत कुराहरु गाग्रि खड्करा लगायत पुराना काठहरु समेत जलेर नष्ट भएको छ ।

fire1.namunanews.com

fire2.namunanews.com

 

fire..namunanews.com

आगलागि भएको स्थान बिहान ६ बजे मात्र स्थानिय बासि तथा इलाका प्रहरि चौकिको सक्रियतामा नियन्त्रणमा ल्याईयको इलाका प्रहरि कार्यलयले जानकारि दियको छ । यस्तो बिपत आइपर्दा समेत जिल्लामा दमकल नभयको कारण आगलागि समयमै नियन्त्रण गर्न कठिन परेको इलाका प्रहरि कर्यलय ढिकुरेका प्रमुखले हाम्रा सहयोगि रामचन्द्र अगस्थिलाई जानकारि दिनुभयो ।