नुवाकोटको फिकुरी बहुमुखी क्याम्पसका सञ्चालक समितिको अध्यक्ष लाई फसाउने नियतले गलत समाचार फैलाउँदै

0
1239
school-report_namunanews.com

नुवाकोट– नुवाकोटको किस्पाङ् गाउँपालिका–२, फिकुरीमा रहेको फिकुरी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद भट्टले क्याम्पसको पूर्वाधार निर्माण गर्न विनियोजन भएको ४० लाख रुपयाँको दुरुपयोग नभएको स्पष्ट पारेका छन् ।

उनले राजनीतिक प्रतिशोध साध्ने नियतले केहि व्यक्तिले अाफू र क्याम्पसमाथि गलत प्रचार गराएको दाबी समेत गरेका छन् । नमुना न्युजलाई कृष्ण प्रसाद भट्टले प्रेषित गरेको खण्डनपत्रमा पूर्वाधार निर्माणमा भएको खर्चको यर्थात विवरण आफूसँग भएको बताएका छन् ।

school-report_namunanews.com

उनले आफू नियमसंगत ढंगले क्याम्पसको अध्यक्ष बनेको भन्दै क्याम्पस प्रमुखको नियुक्तिमा पनि सो भेगकै योग्य व्यक्तिलाई स्थानीय र विधार्थिसमेतको माग बमोजिम नियुक्त गरेको बताएका छन् ।

यसअघि केहि व्यक्तिले क्याम्पसमा आर्थिक अनियमितता भएको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका थिए ।