namunanews.com

किरण बाबु गजुरेल,
२०७५/०२/२२

बेल्कोटगढी नगरपालिकालाई जनताको आवाज नुवाकोटको बेल्कोटगढी नगरपालिकामा ३३ करोड ४६ लाख बजेट छुट्एिको छ । बिकाश निर्माणका लागी छुट्टिएको यो बजेट संगै नगरका नगरप्रमुखहरुलाई नगरपालिकाले पाएको बजेटहरु मध्य कति कति रकम कुन कुन क्षेत्रमा लगानि गर्ने भन्ने योजना बनाइरहनु भएको छ । जनताको चासो र प्रश्नहरु ।।

१) नुवाकोटको बेल्कोटगढी नगरपालिकाको लागी छुट्एिको बजेटमध्य कति बजेट कुन वडाले पाउने भएको र प्रत्यक वडा ले पाएको बजेट कहा कहा खर्च गर्ने योजना बनाउनु भएको छ ?
२) भुकम्पले क्षेतिग्रस्त जनताको आवाश निर्माणको लागी ३ लाख ले पुग्ने निणर्य नेपाल सरकारले गरेको थियो । अब बन्ने वडा कार्यलयहरुको लागि कति रकम छुट्याउने योजना बनाउनु भएको छ ?
३)नगरनिबासिहरुलाई स्वच्छ खानेपानि वितरणको लागि कति बजेट छुट्याइएको छ ?
४) विगतमा मोटरबाटो निर्माणका लागि छुट्एिका रकमहरुमा स्वच्छता र काम अनूरुपको स्पस्टता नभएको र विवेकपुर्ण तरिकाले काम नभएको पाइएको छ । अबको बजेटले मोटरबाटो निर्माणको लागि कतिको पा्रथमिकाता पाएको छ ? मोटरबाटो निर्माणको लागि कति बजेट छुट्याइएको छ ?
५) व्यक्तित्व विकाशका लागि आवश्यकीय एक वृहत क्षेत्र शिक्षा क्षेत्रलाई गणस्तरिय बनाउनको लागि कति रकम खर्च गर्ने योजना बनाउनु भएको छ ?
६) प्राय जसो कृषिमा निर्भर हामि नगरवासिन्दा कृषि क्षेत्रलाई व्यवसायिक वनाउन विभिन्न किसिमका कृषि औजार, सिंचाईको लागि मुख्य ब्यवस्थित कुलो निर्माण लगायतका बिषयहरुमा बजेट पुग्छ कि पुग्दैन ?
७)स्वास्थ्य क्षेत्रको कुरा गर्नुपर्दा नगर वासिन्दाले पाउनुपर्ने स्वास्थ्य सेवा के के हुन् । स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दै कति बजेट बिनियोजन गर्नुभएको छ ।
८) लोहनि पाखा सामुदायिक वन विगत ८ – १० वर्ष अघि देखिनै वृक्षारोपण भएको छैन विगतका समितीहरुले स्पस्ट विवरण दिन सकेको छैन । यो क्षेत्रको लागि बजेट पुग्छ कि पुग्दैन ?
9) वडामा रहेका युवा जनसक्तीहरुलाई युवा स्वरोजगारको विषयमा वजेट लगानि हुन सक्छ कि सक्दैन ?
१०) भुकम्प गएको ३ वर्ष वढी भयो आफ्नो वडामा भुकम्पले क्षेति गराएका तर पर्नरनिर्माणमा नपरेका व्यक्तिका आवास निर्माणका लागि पहल कतिको गरिरहनुभएको छ? वडामा कति वटा घरहरु छुटेका छन् कहिले सम्म तपाईहरुको विवेकपुर्ण र सुदृढ ढङ्गले पुर्नरनिर्माणका कामहरुलाई कहिले पहल गर्नुहुन्छ ? कि यसको अनुगमनको लागि पनि छुट्टै बजेट चाहिन्छ ?

सम्वन्धित प्रतिनिधिहरुलाई अवगत होस् हामिले तिरेका करहरुबाट तपाईहरुलाई तलव भत्ता दिइएर विकास निर्माणका कामहरुकालागि छुट्टीउको वजेट हो यो, यो वजेटलाई स्वच्छ पारदर्शी र स्पस्ट ढङ्गगले विकाश निर्माणका कामहरुमा लगानि होस् । जनताको विश्वासले दिइएको अमुल्य मतको सदुपयोग होस् । र सम्वन्धित पक्षको यो कुरामा पनि ध्यान जावस् ू तपाईहरु भन्दा विवेकशिल , वुद्धीजिवि र समाजसेवी व्यतिहरुले चुनाव हारेका छन् ू। तपाईहरु जिम्वेवारी पदमा रहेर विकाश निर्माणको क्षेत्रमा काम गर्न पाउनुमा गर्व गर्दै जनताको विश्वास जितेर काम गर्नुहुनेछ भन्ने ठुलो आशा गरेका छौ । अव तपाईहरुको कामको नतिजा हेर्न बाकि छ । सम्पुर्ण क्षेत्रका स्थानिय वासिन्दाहरुले आफ्नो क्षेत्रको विकाशको लागि आवाज उठाउ गाउपालिका, नगरपालिकाको विकाश र देश समृद्ध बनाउन एक साथ अगाडि बढौ ।
जय बेल्कोटगढी जय देश ।।।।