नुवाकोटमा मिनिट्रक दुर्घटनामा २० जनाकाे मृत्यु, १५ काे अवस्था गम्भीर

0
436
Accident_namunanews.com

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ को घ्याङफेदीमा आज साँझ बा ३ ख ३९१३ नम्बरकाे मिनिट्रक दुर्घटनामा मृत्यु भएका १७ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरीले नायव उपरिक्षक भिमलाल भट्टराईले घटनास्थलमा आइचर दुर्घटना हुँदा करिव २० जनाको मृत्यु भएको र १५ काे अवस्था गम्भीर रहेको जानकारी दिएका छन ।

करिब ४५ जना यात्रु बिकेको मिनिट्रक सडकबाट तल खस्दा ठुलो सङ्ख्यामा क्षति हुन पुगेको छ। कैयौ यात्रु हराइरहेका कारण म्रितक र घाइते एकिन भइसकेको छैन। गाडी व्याक गर्नेक्रममा भीरबाट झण्डै ३ सय मिटर तल खसेको स्तानिय बासिन्दाले बताएका छन । अफ्ठेरो भीरमा दुर्घटना भएको र भीरमा शव छरपस्ट भएकाले शव संकलनमा समस्या भएको प्रहरीले जनाएको छ ।

दुप्चेश्वर गाउँपालिकाको वडा नं ७ शिखरवेशीमा तामाङ समुदायको घ्यावा खान आएका स्थानियहरु घ्यावा खाएर फर्कदा गाउँपालिकाको सावकको वडा नं ४ को घ्याङडाँडाँ बाट खसेको थियो । गाडीमा कति जना रहेको अझै खुलेको छैन सवार रहेकोमा अन्यको पहिचान खुल्न सकेको छैन् । स्थानीयले रातको समयमा भीरमा शव छरिएकाले भेटाउन मुस्किल भएको बताएका छन ।

दुर्घटनामा एक जनाले भने हामफालेर ज्यान जोगाएको बताएका छन । आइचर खोलामा झरेकोले गर्दा थप ९ जनाको अवस्था अज्ञात रहेको स्थानियबासीले बताएका छन । प्रहरी टोलि घटनास्थलतर्फ गइरहेको । जिल्ला प्रहरी कार्यलय नुवाकोटले भने आफुहरु घटनास्थलमा नपुगेकोले औपचारिक जानकारी नआएको बताएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।